Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

सुनको मूल्यमा चार हजार दुई सयको गिरावट, शुक्रबार सुन तोलाको रु दुई लाख ३५ हजार कायम

सुनको मूल्यमा चार हजार दुई सयको गिरावट, शुक्रबार सुन तोलाको रु दुई लाख ३५ हजार कायम

  • काठमाडौँ ।सुनको मूल्यमा शुक्रबार  चार हजार दुई सयको   गिरावट भई रु दुई लाख ३५ हजार कायम भएको छ ।  बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको हो ।

    चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij