Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

विद्युत विस्तारसम्बन्धी  कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआईजेडबीच सम्झौता

विद्युत विस्तारसम्बन्धी  कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआईजेडबीच सम्झौता

  • काठमाडौँ । कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआईजेड नेपालबीच विद्युत विस्तारसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंक र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जीआईजेड नेपालबीच सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजनाअन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    यो सहकार्य  सार्वजनिक यातायात संचालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउन गरिएको छ।  सम्झौताबाट विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरू लगायत विद्युतीय सार्वजनिक यातायातको स्वीकृति र संचालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सम्झौताबाट सहयोग पग्ने विश्वास गरिएको छ।

    बैंकले जनाए अनुसार यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउन छ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सब्सिडी)को व्यवस्था गर्नेछ। यसबाट सवारी खरिदको लागत कम हुने र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने बैंकको अपेक्षा छ।

    यो परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थाहरूसँगको संयुक्तरूपमा कार्यान्वयन भइरहेको छ । यो परियोजना मिटिगेसन एक्सन फेसिलिटीको आर्थिक सहयोगमा संचालन भइरहेको छ।

    परियोजनाले करिब ३ हजार ५०० विद्युतीय मिनीबस संचालनमा ल्याउने योजना तय गरेको छ । यसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउने विश्वास गरिएको छ।

    आर्थिक सीमालाई ध्यानमा राखेर यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनहरूलाई विद्युतीय सवारी साधनहरूमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ। यो परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइसहरू, एलईडी रुट डिस्प्ले तथा ओपन लुप इ–टिकेटिङ सिस्टम जस्ता डिजिटल सुविधाहरू समेत चलनमा ल्याइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij