Logo

Oct 12 2025 | २०८२, असोज २६गते

Oct 12 2025 | २०८२, असोज २६गते

images

एटीमबाट झिक्न पाउने रकमको सीमा घटाइए, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने

एटीमबाट झिक्न पाउने रकमको सीमा घटाइए, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने

  • काठमाडौँ।  एटीमबाट झिक्न पाउने रकमको सीमा घटाइएको छ ।  नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको हो । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाए  अनुसार  प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।

    यसअघि डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिने व्यवस्था थियो  । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको थियो । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।

    केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा यथावत राखेको छ ।

    त्यसैगरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन नभएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा समेत यथावत राखेको केन्द्रीय बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij