Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री घिसिङ

जलविद्युत् आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँः मन्त्री घिसिङ

  •  

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत् नियमन आयोगलाई आग्रह गर्नुभएको छ ।

     

    आयोगको गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन आज बुझ्दै मन्त्री घिसिङले जलविद्युत् आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङसमक्ष पेस गर्नुभएको थियो । 

     

    आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले भन्नुभयो, “सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत् आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्रसम्बन्धी कागजात तयार गर्नुहोस् ।”

     

    नेपाल विद्युत् प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रतियुनिट पाँच रुपैयाँ ९४ पैसा रहेको छ । जलविद्युत् आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमशः चार रुपैयाँ ८० पैसा र आठ रुपैयाँ ४० रहेको छ ।

     

    नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्द्धन एवं प्रोत्साहन र प्राधिकरणलाई दिगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रित हुन आग्रह गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij