Logo

Oct 18 2025 | २०८२, कात्तिक १गते

Oct 18 2025 | २०८२, कात्तिक १गते

images

लाइन काट्ने समयसीमा नजिकिँदै जाँदा गरे तीन कम्पनीले बक्यौता तिर्न सुरु

लाइन काट्ने समयसीमा नजिकिँदै जाँदा गरे तीन कम्पनीले बक्यौता तिर्न सुरु

  • काठमाडौँ । लाइन काट्ने समयसीमा नजिकिँदै जाँदा तीन कम्पनीले बक्यौता तिर्न सुरु गरेका छन् । डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका हुन् ।

    सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् । विगतमा किस्ताबन्दीको सुविधा लिइ बक्यौता रकम तिर्न सुरु गरेका तीनवटै उद्योगले  गत वैशाखदेखि किस्ता तिर्न छाडेका थिए ।

    सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको थप महसुलको कूल तीन करोड ७७ लाख बक्यौता रकमलाई प्रतिकिस्ता १३ लाख ४९ हजार एक रुपैयाँ मासिक किस्ता हुनेगरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट लिएको थियो । उद्योगले चार किस्ता बुझाएपछि गत वैशाखबाट किस्ता बुझाउन छाडेको थियो । उद्योगले एकैपल्ट तीन किस्ताको ४० लाख ४७ हजार रुपैयाँ बुझाएपछि जेठसम्मको किस्ता चुक्ता भएको छ ।

    कम्पनीले स्वीकृत किस्ता सुविधाबमोजिम गत असारदेखि असोजसम्म ११ किस्ता बुझाउनुपर्नेमा सात किस्ता मात्र बुझाएको थियो । बाँकी चार किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनःपत्राचार गरिएको र उद्योगले उक्त रकम तिरी बाँकी किस्ता नियमित रुपमा तिर्ने बताएको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख दीपक गौतमले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij