Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

शंकस्पाद कारोबार/ गतिविधि पहिचानसम्बन्धी निर्देशकाको रेड फ्यागमा हायर पर्चेज लगायत सामेल

शंकस्पाद कारोबार/ गतिविधि पहिचानसम्बन्धी निर्देशकाको रेड फ्यागमा हायर पर्चेज लगायत सामेल

  • काठमाडौँ । शंकास्पद कारोबार/गतिविधि (एसटीआर/एसएआर) पहिचानसम्बन्धी निर्देशिका अद्यावधिक गरिएको छ ।वित्तीय जानकारी एकाई (एफआईयू नेपाल)द्वारा सम्पत्ति शुद्धीकरण (मनी लण्डरिङ) निवारण ऐन २०६४ बमोजिम सूचक संस्थाहरूले एकाईमा पेश गर्नुपर्ने  शंकास्पद कारोबार /गतिविधि पहिचान गर्ने सम्बन्धमा यस्ता सूचक संस्थाहरूलाई व्यवहारिक मार्गदर्शन गर्ने उद्देश्यसहित सो निर्देशिका अद्यावधिक गरिएको हो ।

    नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाईले शुक्रबार एक सूचना जारी गरी यस्तो जनाएको हो ।अद्यावधिकमा समेटिएका विषयहरूमा सामान्य (जेनरल) तर्फ रातो झण्डा(रेड फ्ल्याग) थपिएका  क्षेत्रमा युस अफ आर्टिफिसियल इन्टेलिजेन्स एन्ड न्यू टेक्नोलजिज र इन्भलभ्मेन्ट अफ पीईपीएस रहेका छन् ।

    त्यसैगरी क्षेत्र विशेष( सेक्टर स्पेसफिक)मा  हायर पर्चेज कम्पनीज र  अटोमोबाइल  सेलिङ कम्पनीजलाई रेड फ्ल्यागमा थपिएको जनाइएको छ ।वित्तीय जानकारी एकाईले जनाए अनुसार  सम्बद्ध कसुर (प्रडिक्टेड अफेन्स) अनुसारको रेडफ्ल्याग निर्देशिकामा अद्यावधिक गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij