Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

गृहमन्त्री अर्यालले भागेको भने लगत्तै फेसबुकबाट सार्वजनिक भए निर्वतमान ऊर्जामन्त्री खड्का

गृहमन्त्री अर्यालले भागेको भने लगत्तै फेसबुकबाट सार्वजनिक भए निर्वतमान ऊर्जामन्त्री खड्का

  • काठमाडौँ । काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भने लगत्तै निवर्तमान ऊर्जामन्त्री दीपक खड्कासार्वजनिक भएका छन् । निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै घरबाट लाइभ आएका छन् । गृहमन्त्री अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आएका हुन् । 

    केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै गृहमन्त्री अर्यालले  भागेको  दाबी गरेका थिए । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले भनेका थिए । 

    खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने स्थिति बनेको बताए । ।  निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने भन्दै तर यो विषयमा राजनीतिक दलहरूले समान धारणा बनाएर जानुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij