Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

एथर एनर्जी नेपालले तिहारमा  नयाँ टेराकोटा रङमा  एथर रिज्टा ल्यायो

एथर एनर्जी नेपालले तिहारमा  नयाँ टेराकोटा रङमा  एथर रिज्टा ल्यायो

  • काठमाडौँ  ।नेपालको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जी नेपालले आफ्नो लोकप्रिय फ्यामिली स्कुटर एथर रिज्टालाई नयाँ आकर्षक टेराकोटा रातो   रङमा ल्याएको छ। यो विशेष संस्करण लक्ष्मीपूजाको शुभ अवसरमा सार्वजनिक गरियो। नयाँ टेराकोटा रातो मोनोटोन र डुअल–टोन दुवै भर्सनमा उपलब्ध हुने जनाइएको छ। यससँगै एथर रिज्टा अब ९ फरक–फरक रङहरूमा उपलब्ध हुनेछ, जसले नेपाली ग्राहकहरूलाई अझ धेरै विकल्प प्रदान गर्नेछ।

    एथर रिज्टाको लोकप्रियताको सम्बन्धमा कम्पनीले नेपाल मोबिलिटी एक्स्पो २०२५ मा एथर रिज्टा पहिलोपटक प्रस्तुत भएदेखि नै यसले अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ । यो परिवारमुखी स्कुटरले नेपाली प्रयोगकर्ताहरूको जीवनशैली र आवश्यकता अनुसारको नयाँ स्तर प्रस्तुत गरेको छ। नयाँ टेराकोटा रेड एडिसन ले परम्परा र आधुनिकताको सुन्दर मिश्रण प्रस्तुत गर्दै, न्यानोपन, शैली र प्रदर्शनको सन्तुलन ल्याउने विश्वास गरिएको छ । यसको रङ प्रेरणा नेपाली मौलिकता र आधुनिक सौन्दर्यको संयोजनबाट लिइएको हो । जसले यसलाई समयहीन र प्रिमियम बनाएको छ।

    एथर रिज्टा  परिवारका लागि बनेको हरेक यात्राका लागि तयार रहने विश्वास कम्पनीको छ । कम्पनीका अनुसार  एथर रिज्टा एथरको पहिलो परिवारमुखी स्कुटर हो । जसमा सुरक्षा, सुविधा र दैनिक प्रयोगको व्यवहारिकतालाई प्राथमिकता दिइएको छ।  विशाल सिट, पर्याप्त स्टोरेज र स्मार्ट प्रविधिहरूको संयोजनले यसलाई परिवारका लागि उपयुक्त स्कुटर बनाएको छ। भारतमा यसको बिक्री पहिलो वर्षमै १ लाखभन्दा बढी युनिट नाघिसकेको छ।

    नेपालमा यसको बिक्री तथा वितरण वैद्य एनर्जी प्रा. लि. मार्फत गरिन्छ, जुन वैद्य्स अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस अन्तर्गतको सह–संस्था हो। यस संस्थाले नेपाली सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखी स्कुटरलाई स्थानीय आवश्यकता अनुसार अनुकूलित गरेको छ।

    एथर रिज्टाका मुख्य विशेषताहरूमा दमदार रेंजः एकपटक चार्जमा १५९ किमी सम्मको दूरी पार गर्न सक्ने — सहरभित्र र सहरबाहिर दुबैका लागि आदर्श, शक्तिशाली प्रदर्शनः ४.३ पध् मोटरले तुरुन्त टर्क, स्मूथ एक्सेलेरेसन र आत्मविश्वासपूर्ण गति प्रदान गर्छ , आरामदायी डिजाइनः वर्गकै सबैभन्दा लामो सिट, जसले चालक र पछाडिको सवारी दुबैलाई अधिकतम सहजता दिन्छ,  सुरक्षामा अग्रणीः स्किड कन्ट्रोल, अटो–होल्ड, इमर्जेन्सी स्टप सिग्नल, र डिस्क ब्रेक जस्ता विशेषतासँग सुसज्जित,  स्मार्ट कनेक्टिभिटी ७ इन्च टचस्क्रिन टीएफटी डिस्प्ले, गूगल म्याप्स नेभिगेशन, ब्लुटुथ म्युजिक र कल कन्ट्रोल, तथा इत्ब् सफ्टवेयर अपडेट,  टिकाउ र भरपर्दोः क्ष्एह्७ रेटेड ब्याट्री, ५ वर्षको वारेन्टी सहित दीर्घकालीन भरोसा, प्रचुर स्टोरेजः ५६ लिटर सम्मको स्टोरेज क्षमता, जसमा ३४ लिटर अन्डर–सिट र वैकल्पिक २२ लिटर अगाडिको फ्रन्क समावेश रहेको जनाइएको छ। 

    नेपालमा विद्युतीय यात्राको भविष्य निर्माणतर्फ एथर रिज्टाको व्यवहारिक डिजाइन, विस्तारित रेंज र परिवारमुखी सुविधाहरूले यसलाई काठमाडौँ, भक्तपुर, ललितपुर, बुटवल, पोखरा, इटहरी र चितवन जस्ता सहरहरूमा दैनिक यात्रा र लामो दूरीका लागि उपयुक्त बनाएको छ।

    वैद्य एनर्जीले नेपाली बजारमा ईभी अपनत्व बढाउनका लागि आकर्षक फाइनान्स योजना, लामो अवधिको ब्याट्री वारेन्टी, र देशभर फैलिँदै गएको चार्जिङ नेटवर्क मार्फत निरन्तर सहयोग गर्दै आएको छ।उपलब्धता र बुकिङ जानकारी गराउँदै कम्पनीले  एथर रिज्टा टेराकोटा रेड का बुकिङ र डेलिभरी हाल नेपालभरका सबै एथर एक्स्पिरियन्स सेन्टरहरूमा खुला छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij