Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

अन्तरिम सरकार विस्तार हुँदै , चार मन्त्रीको आज शपथ हुने

अन्तरिम सरकार विस्तार हुँदै , चार मन्त्रीको आज शपथ हुने

  • काठमाडौँ । अन्तरिम सरकारको आइतबार विस्तार हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले थपिन लागेका चार जनाको नाम सिफारिस गरी राष्ट्रपति कार्यालय पठाएकी हुन् । सम्बद्ध स्रोतले जनाए अनुसार चार जनामा डा. सुधा शर्मा गौतम गणपतिलाल श्रेष्ठ ,खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन् ।

     गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको हो ।चार जना मन्त्रीको आजै शपथ ग्रहण हुन्छ । राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाइएको छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् ।रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् ।  खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

    खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । सामाजिक कार्यक्रम सकृय  बब्लु गुप्ताले कोभिडकालमा नि:शुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij