Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

उत्तरी नाका बन्द भए पनि विद्युतीय गाडीको आयात बढ्यो

उत्तरी नाका बन्द भए पनि विद्युतीय गाडीको आयात बढ्यो

  • काठमाडौँ ।  उत्तरी नाका बन्द रहे पनि दशैं–तिहारको तयारीसँगै यस वर्ष विद्युतीय गाडीको आयात गत वर्षको तुलनामा बढेको छ। रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा पनि व्यवसायीहरूले कोरला नाकाबाट गाडी भित्र्याएका छन्।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सवारी साधन तथा तिनका पार्ट्स आयातबाट २९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २५ अर्ब २३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

    गत वर्ष तीन महिनामा २,५१६ वटा विद्युतीय गाडी भित्रिएका थिए भने चालु वर्ष सो अवधिमा यो संख्या बढेर २,६२० वटा पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

    यस अवधिमा मात्र चीनबाट १,९३७ वटा गाडी नेपाल भित्रिएका छन्, जुन गत वर्ष चीनबाट आएका १,७६५ वटा गाडीको तुलनामा वृद्धि भएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij