काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij