Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

५ अंकले घटेको शेयर बजारमा नेप्से परिसूचक २५६६ बिन्दुमा , कारोबार बढेर सवा ५ अर्ब बढी

५ अंकले घटेको शेयर बजारमा नेप्से परिसूचक २५६६ बिन्दुमा , कारोबार बढेर सवा ५ अर्ब बढी

  • काठमाडौँ ।  ५ अंकले घटेको शेयर बजारमा नेप्से परिसूचक २५६६ बिन्दु कायम भएको छ । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार  ५ अंक घटेको हो । बुधबार नेप्से  परिसूचक घटे पनि कारोबार रकम बढेर ५ अर्ब ४५ करोड बढी भएको छ ।  अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भएको हो ।

    ८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो ।  ६ को स्थिर रहँदा  होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढेको हो ।अन्य समूह १.२० प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटेको हो ।

    दुई कम्पनी उपकार लघुवित्त र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मानुषी लघुवित्तको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ तथा आशा लघुवित्तको ७.६८ प्रतिशत मूल्य बढेको हो ।पन्चकन्या माइ हाइड्रोपावरको ३.६९, सिनर्जी पावरको ३.२१ प्रतिशत मूल्य घटेको हो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij