काठमाडौँ । सगरमाथा आधार शिविर नजिकै लबुचेमा भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेन विवेक खड्का सुरक्षित रहेका छन् । हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेको र उनी सकुशल रहेको सुचना प्राप्त भएको छ ।
भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटक लिन पुगेको अल्टिट्युड एयरको 9N-AMS कल साईनको हेलिकप्टर आज बिहान ७.५२ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछि नियन्त्रण कायम गर्दागर्दै हेलिकप्टर जमिनमा जोतिएको थियो ।
यस दुर्घटनामा मानवीय क्षती भएको छैन । क्याप्टेन विवेक खड्का पुर्णरुपमा सकुशल रहेको अल्टिट्युड एयरले विज्ञप्ति मार्फत् जनाएको छ ।