Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

  • अत्तरिया (कैलाली)।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका छ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुरबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा मोटा धान खरिद गरिने र यस वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ पैसा निर्धारण गरेको छ ।

    उहाँले भन्नुभयो, “यस वर्ष कम्पनीको जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल रहेको छ, कोटा बढ्न सक्ने देखिन्छ, प्रतिकिसानबाट बढीमा ५० क्विन्टलका दरले धान खरिद गर्ने योजना छ ।” कार्यालय प्रमुख थापाले धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस, चेकको प्रतिलिपि ल्याउनुपर्ने बताउनुभयो । खाद्यले धान खरिद सुरु गरेसँगै किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्य पाउने भएका छन् । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए । गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०० क्विन्टलमात्र खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij