Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

पाँच वर्ष यताकै सर्वाधिक स्मार्टफोन आयात

पाँच वर्ष यताकै सर्वाधिक स्मार्टफोन आयात

  • काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा पाँच वर्षयताकै सबै भन्दा बढी स्मार्टफोन आयात भएको छ ।साउन असोजको पहिलो त्रैमासिकमा  स्मार्टफोनको आयात  ५ वर्ष यताकै उच्च आयात हो ।

    भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ३ महिनामा कुल १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरका ८ लाख ४ हजार वटा स्मार्टफोन नेपाल आएका  छन् । स्मार्टफोन आयातबाट सरकारले २ अर्ब ५४ करोड २१ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

    गत आव  २०८१/८२ को सोही अवधिमा तुलनामा स्मार्टफोनको आयात परिमाण र रकम दुवैमा वृद्धि भएको हो । गत आवको पहिलो  ३ महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँका ६ लाख ५५ हजार वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांकमा जनाइएको छ ।
    आव २०८०/८१को सोही अवधिमा  ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँका ६ लाख ४२ हजार स्मार्टफोन आयात भएको थियो । आव २०७९/८० मा ८ अर्ब ५३ करोड ३० लाख रुपैयाँको ६ लाख १८ हजार स्मार्टफोन आयात भएको थियो ।  कोभिड महामारीपछिको आव  २०७८/७९ को ठुलो मन्दी खेपेको बेला आर्थिक वर्षभरीमा जम्मा २ अर्ब ८२ करोड ६६ लाख रुपैयाँका १ लाख ७६ हजार स्मार्टफोन मात्र आयात भएको थियो । सो आवको ३ महिनामा त स्मार्टफोन आयात नै भएको थिएन । सरकारले एमडीएमएस लागु गर्ने भएपछि अवैध रुपमा मोबाइलफोन आयात कम भएको सम्बद्ध  जानकारहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij