काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।
प्रतिनिधि सभा निर्वाचनको सहज वातावरणका लागि सघन वार्ता र छलफलको आयोजना भएको हो । सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । जसलाई सरकारले त्रिपक्षीय वार्ता पनि भनेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको बताएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij