राँझा (बाँके)।नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सुरु भएको छ । छ दशकअघि पेडारी नाला निर्मित पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार रु आठ करोड ९६ लाख तीन हजार ४६८ मा निर्माण कम्पनीसँग चार लेनको पक्की पुल बनाउने सम्झौता भएको छ ।
आगामी वैशाख भित्रमा निर्माण पूरा गर्नेगरी सम्झौता भएको हो । एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुनेगरी पुलको एक भाग निर्माण नभएसम्म सवारी व्यवस्थापनका लागि पुरानो पुल नभत्काइने उहाँले बताउनुभयो । हुलाकी सडक र खजुरा बजारको सडक विस्तारका क्रममा पनि निर्माण हुन नसकेको पुल चार लेनको बन्ने भएपछि बर्खामा बाँके र बर्दियाका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij