धनगढी । प्रहरीले कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी जनाए अनुसार पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई धनगढी उप–महानगरपालिका–३ स्थित मिलनचोकबाट नियन्त्रणमा लिएको हो ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ बरामद भएको छ । पक्राउ परेका मध्ये हरचित गुप्ताले चलाएको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा स्रोत नखुलेको रकम फेला परेको थियो ।
कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij