काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार माबिलुङ्ग इनर्जी लिमिटेड (MABEL) को शेयर सूचीकृत गरेको छ। यसअन्तर्गत कम्पनीका ३८ लाख ५८ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्।
आईपीओ बाँडफाँट भएको करिब साढे दुई महिनापछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो। माबिलुङ्ग इनर्जीको आईपीओ गत भदौ ८ गते बाँडफाँट गरिएको थियो। सूचीकृत शेयरमध्ये १८ लाख ९० हजार ५३० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि र १९ लाख ६७ हजार ७१० कित्ता संस्थापक शेयरधनीका लागि रहेको नेप्सेले जनाएको छ।
कम्पनीको शेयर भोली (कात्तिक १८ गते) विशेष प्रि–ओपन सेसनमा पहिलो पटक कारोबार भई त्यसपछि नियमित बजारमा व्यापार सुरु हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसा देखि ३१७ रुपैयाँ ७० पैसा सम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको छ। कम्पनीको स्टक टिकर ‘MABEL’ रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij