Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

एमालेले मंसिर २७ गते काठमाडौंमा विशाल जनसभा गर्ने, महासचिव पोखरेलको दाबी — ‘यो नेपालको इतिहासकै सबैभन्दा ठूलो हुनेछ’

एमालेले मंसिर २७ गते काठमाडौंमा विशाल जनसभा गर्ने, महासचिव पोखरेलको दाबी — ‘यो नेपालको इतिहासकै सबैभन्दा ठूलो हुनेछ’

  •  

    काठमाडौँ ।  नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले पार्टीले आगामी मंसिर २७ गते काठमाडौंमा विशाल जनसभा आयोजना गर्ने घोषणा गरेका छन्। सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो जनसभा नेपालको इतिहासकै सबैभन्दा ठूलो सभा हुने दाबी गरेका हुन्।

    उनका अनुसार, प्रमुख राजनीतिक दलहरूबाट जनता अलग भइसकेको भन्ने भ्रमपूर्ण प्रचारलाई खण्डन गर्न यो जनसभा आयोजना गर्न लागिएको हो। पोखरेलले भने, “जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने सावित गर्ने हिसाबले यो जनसभा गर्न लागेका हौं।”

    महासचिव पोखरेलले पार्टीको यो अभियानले एमालेप्रति जनताको समर्थन अझ प्रष्ट पार्ने र राजनीतिक स्थायित्व र राष्ट्रिय एकताको सन्देश दिने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij