काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रमा आंशिक बदली रही, बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा देखिएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ भने अन्य भागहरूमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशका मध्य र पश्चिमी भूभागका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने आंशिक बदली मात्र रहनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij