काठमाडौं । सुनको मूल्य घटेर बुधबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको हो । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।
बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij