Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

गुराँस लघुवित्तको नाफा ४२.५७% ले वृद्धि, खुद ब्याज आम्दानीमा उल्लेखनीय सुधार

गुराँस लघुवित्तको नाफा ४२.५७% ले वृद्धि, खुद ब्याज आम्दानीमा उल्लेखनीय सुधार

  •  

    काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिमा संस्थाले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड १ लाख रुपैयाँ नाफाको तुलनामा ४२.५७ प्रतिशतले बढी हो।

    संस्थाको नाफा वृद्धिको प्रमुख कारणहरूमा इम्पेरमेन्ट चार्ज रिभर्स हुनु र खुद ब्याज आम्दानीमा वृद्धि हुनु रहेको छ। विवरणअनुसार, कुल सञ्चालन आम्दानी १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशतले बढेको छ। साथै, खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले वृद्धि भएको छ भने खुद फि तथा कमिशन आम्दानीमा १७६.९२ प्रतिशतको अत्याधिक वृद्धि भएको उल्लेख गरिएको छ।

    समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात  ३९.३ गुणा रहेको छ, जसले संस्थाको वित्तीय स्थिति सुदृढ रहेको संकेत गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij