Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

आइतबार सुनको मूल्य बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ   कायम

आइतबार सुनको मूल्य बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ   कायम

  • काठमाडौँ । आइतबार सुनको मूल्य बढेर २ लाख ३८ हजार ६०० रुपैयाँ   कायम भएको छ ।  आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ००१.२१ अमेरिकी डलर र चाँदी ४८.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij