Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

राजस्व बक्यौता उठाउन ‘एसएमएस’

राजस्व बक्यौता उठाउन ‘एसएमएस’

  • चितवन।आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो ।

    कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ । उहाँले भन्नुभयो, “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।”

    कर सङ्कलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, सङ्कलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उहाँले बताउनुभयो । बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् । यस कार्यालयले असोज मसान्तसम्म रु ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभागले रु ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उहाँले बताउनुभयो । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij