Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SWASTIK) को शेयर सूचीकृत भएको छ। यससँगै कम्पनीका शेयर अब द्वितीय बजारमा कारोबारयोग्य बनेका छन्।

    नेप्सेमा कम्पनीका ५ लाख ७७ हजार ५०० कित्ता शेयर सूचीबद्ध गरिएका छन्। तीमध्ये २ लाख ३१ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको हो भने ३ लाख ४६ हजार ५०० कित्ता शेयर संस्थापक शेयरधनीहरूले लगानी गरेका हुन्।

    पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई रु. १७१.७८ देखि रु. ५१५.३४ सम्मको ओपनिङ रेञ्ज (Opening Range) प्रदान गरेको छ। सो रेञ्जका आधारमा भोलि मंगलबार हुने स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न हुनेछ। त्यसपछि कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

    नेप्सेले स्वस्तिक लघुवित्तलाई “SWASTIK” स्टक टिकर प्रदान गरेको छ, जसअन्तर्गत अब लगानीकर्ताले सो कोडमार्फत शेयर खरिद–बिक्री गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij