Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पद तथा गोपनीयताको  शपथ ग्रहण

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पद तथा गोपनीयताको  शपथ ग्रहण

  • काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले  शीतल निवासमा मङ्गलबार आयोजित एक समारोहमा  मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको  शपथ खुवाएका छन् ।

     नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई  पदमुक्त गरेका राष्ट्रपति पौडेलले नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयताको  शपथ खुवाएका  हुन् ।

    नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मङ्गलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई  पदमुक्त गर्न सिफारिस गरेको थियो ।

    भण्डारी मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी भएँ भनेर जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिबासको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij