Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

वायुसेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

वायुसेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे लगतै  त्यसका लागि दरखास्ता आह्वान गरिएको छ । नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदको पदपूर्तिको लागि बिहीबार दरखास्त आह्वान गरिएको हो ।

    निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले १५ दिनको  समय दिएर दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवारमा आवेदन दिन सक्नेछन् ।

    आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा रहेको छनोट समितिले जनाएको छ ।
    यसअघि मंगलबार प्रधानमन्त्री कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर केही प्रगति नभएकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।

    निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् ।तर नियुक्ति प्रक्रिया नबढेपछि सचिवलाई प्रधानमन्त्री कार्कीले बोलाएर जानकारी लिएकी थिइन् ।त्यतिखेर   सचिव मैनालीले तत्कालै  समितिको पहिलो बैठक बसेर आवश्यक निर्णय गरिने जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij