Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

भैरहवाबाट हुने उडान सेवाको सम्भवानाप्रति थाइ एयर एसिया  सन्तुष्ट

भैरहवाबाट हुने उडान सेवाको सम्भवानाप्रति थाइ एयर एसिया  सन्तुष्ट

  • काठमाडौँ । भैरहवाबाट हुने  अन्तर्राष्ट्रिय उडान सेवाको सम्भवानाप्रति थाइ एयर एसिया  सन्तुष्ट भएको देखिएको छ ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्न नमानिरहेका बेला थाइ एयर एसियाले अकुपेन्सी राम्रो रहेको बताएको हो ।

    सातामा दुई दिन बैंकक–भैरहवा–बैंकक उडान गर्दै आएको थाइ एयर एसियाको जीएसए युनिभर्सल टुर्स एण्ड ट्राभल्सले यात्रुको संख्याबाट आफू उत्साही रहेको जनाएको छ । कम्पनीका म्यानेजर सागर चित्रकारले आफूहरुले कोरिया जाने यात्रुका कारण आफ्नो उडानमा अकुपेन्सी राम्रो रहेको बताए।

    उनका अनुसार कोरियामा रोजगारीका लागि जाने यात्रुलाई सेवा दिन थाइ एयर एसियाले सम्झौता गरेकोले अकुपेन्सीको समस्या छैन।  नेपालबाट कोरियामा सिधा उडान नगरे पनि काठमाडौँ र भैरहवाबाट बैंकक हुँदै कनेक्टिङ फ्लाइटमार्फत लाने गरिएको छ । त्यसैले भैरहवाबाट हुने उडानमा पनि अकुपेन्सी राम्रो छ । भैरहवाबाट थाइल्यान्ड जानेको संख्या पनि राम्रै छ। त्यसैले उडान संख्या बढाउने योजना बनाइँदै छ ।चित्रकारले भैरहवाबाटहुने उडानको अकुपेन्सी भने खुलाएका छैनन् । भैरहवामा थाइ एयर एसियाबाहेकले अन्तर्राष्ट्रिय उडान गर्न मानेका छैनन्। सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले भने सातामा एक दिन कनेक्टिङ फ्लाइट गर्दै आएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रु सेवा शुल्क, पर्यटन शुल्क, ल्यान्डिङ पार्किङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिँदा पनि वायुसेवा कम्पनीहरुले यात्रु नपाउने समस्या देखाएर उडान गर्न नमानेका हुन्।

    विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले धेरै सेवामा छुटको व्यवस्था गरे पनि यात्रु अभाव देखाएर वायुसेवा कम्पनीले उडान गर्न नमानेको जनाएका छन् । उनका अनुसार विमानस्थलमा सबै सुविधा छ। थाइ एयर एसियाले सातामा दुई वटा उडान गर्नेबाहेक कहिलेकाहीँ  चार्टर्ड उडान भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij