Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

जेनजी आन्दोलनका क्षतिको तथ्यांक संकलन तीव्र: सबै स्थानीय तहलाई विवरण पेश गर्न सरकारको निर्देशन

जेनजी आन्दोलनका क्षतिको तथ्यांक संकलन तीव्र: सबै स्थानीय तहलाई विवरण पेश गर्न सरकारको निर्देशन

  •  

    काठमाडौँ ।  सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पूर्ण विवरण उपलब्ध गराउन देशभरका सबै गाउँपालिका तथा नगरपालिकालाई आग्रह गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै क्षतिको तथ्यांक अनलाइन पोर्टलमार्फत छिटोभन्दा छिटो प्रविष्ट गर्न निर्देशन दिएको हो।

    मन्त्रालयले कात्तिक २७ गते जारी पत्रमा आन्दोलनका कारण नष्ट वा क्षति पुगेका सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानसम्बन्धी जानकारी अनिवार्य रूपमा पोर्टलमा अद्यावधिक गर्नुपर्ने स्पष्ट गरिएको छ। पुनःनिर्माण योजना तयार पार्न आवश्यक आधार तयार गर्न सरकारले गत असोज ५ गते पाँच सदस्यीय समिति गठन गरिसकेको छ।

    तथ्यांक संकलनलाई एकीकृत, व्यवस्थित र सहज बनाउन समितिले अनलाइन पोर्टल विकास गरेको छ, जसमा स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्रका सबै क्षतिको विवरण अपलोड गर्नुपर्नेछ। कुनै विवरण छुटिएको भए पनि तुरुन्तै पोर्टलमार्फत अद्यावधिक गर्न मन्त्रालयले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij