Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

निर्वाचन आयोगमा १२२ राजनीतिक दल कायम, नयाँ दल दर्ता र खारेजीको प्रक्रिया निरन्तर

निर्वाचन आयोगमा १२२ राजनीतिक दल कायम, नयाँ दल दर्ता र खारेजीको प्रक्रिया निरन्तर

  • काठमाडौँ । निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको क्रम जारी रहँदा आजसम्म १२२ दल कायम रहेका छन् ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई एक सय २२ राजनीतिक दल कायम रहेको जानकारी दिनुभयो । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने आज अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आवेदनबारे आवश्यक कागजात हेरेर आयोगले चाँडै निर्णय गरी दल दर्ताको प्रमाणपत्र दिनेछ । 

    अहिले आयोगमा २८ नयाँ दलको निवेदन विचाराधीन छ । आयोगको कार्यतालिका अनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म पुराना र नयाँ सबै दलले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै दल दर्ता गर्नुपर्नेछ । यसका लागि आयोगले सूचना प्रकाशन गरिसकेको छ ।

    हालै एकताबाट निर्मित नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० सहितका दलहरु समायोजित भई दलको सङ्ख्या घटेको हो ।

    आयोगले नागरिकको चापलाई ध्यानमा राखेर मतदाता नामावली दर्ता र अद्यावधिकको कार्यको अवधि आजसम्म निर्धारण गरिएकामा थप गरेर आगामी मङ्सिर ५ गतेसम्मका लागि कायम राखेको छ । राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । आयोगले शनिबार यो कार्य जारी राखेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij