काठमाडौँ । प्रहरीले बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।
प्रहरीले कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । बारा प्रहरीले जनाए अनुसार त्यसैगरी २ राउन्ड हवाई फायर भएको छ ।
बाराका एसपी सन्तोष तामाङले जानकारी दिए अनुसार प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएका छन् ।
बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij