Logo

Nov 21 2025 | २०८२, मंसिर ५गते

Nov 21 2025 | २०८२, मंसिर ५गते

images

कूल राजस्वको करिब दुई प्रतिशत चौधरी ग्रुपले एक्लै कर ति-यो

कूल राजस्वको करिब दुई प्रतिशत चौधरी ग्रुपले एक्लै कर ति-यो

  • काठमाडौँ । धरी ग्रुप (सीजी)ले गत आर्थिक वर्ष २०८१/८२ मा कूल राजस्वको २ प्रतिशत हाराहारी हुने २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर सरकारलाई  तिरेको छ ।  राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको हो ।

     यसअघि   आव २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको सीजीले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको हो । यसले सीजीको लगानी वृद्धिदर तीव्र गतिमा रहेको प्रष्ट भएको जनाइएको छ । । सीजीले पछिल्लो ५ वर्षमा सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरेको छ ।  ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्रीले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा कम्पनीद्वारा आभार व्यक्त गरिएको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष सीजीले २५ अर्ब ५९ करोड कर तिर्दै राष्ट्रको कूल राजस्वमा उल्लेखनीय योगदान गरेको छ, चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ ।’
     

    नेपालमा व्यावसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा छैन । यसबाट करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने समेत कम्पनीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij