काठमाडौँ । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको छ। आइतबार डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई तत्काल रिहा गर्न आदेश जारी गरेको हो।
प्रसाईँका छोरा निराजन प्रसाईँले गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै इजलासले पक्राउ प्रकृया कानुनअनुसार नदेखिएको ठहर गर्दै थुनामुक्त गर्ने आदेश दिएको हो।
दुर्गा प्रसाईँले विभिन्न मागसहित मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको पूर्वसन्ध्यामा प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij