काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । मंगलबार चाँदी तोलामा ८५ रुपैयाँले वृद्धि भएको हो । त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij