Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

इमेज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ, मेयरसमेत रहेका अध्यक्ष समात्न रेड कर्नर नोटिस जारी

इमेज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ, मेयरसमेत रहेका अध्यक्ष समात्न रेड कर्नर नोटिस जारी

  • काठमाडौं । प्रहरीले बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ गरेको छ । उनलाई ललितपुरबाट पक्राउ गरिएको  नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् ।
    प्रवक्ता तथा सूचना अधिकारी नवराजले जनाए अनुसार बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सरिता तिमल्सेना (कँडेल)सहितको संयुक्तरुपमा सहकारीका सञ्चालक समितिका अध्यक्ष देवकुमार नेपालीसमेत ८ जना विरुद्ध जाहेरी परेको थियो।
    बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका बागलुङको ढोरपाटनका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ’रेड कर्नर नोटिस’ निकालेको छ ।

    सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत बागलुङबाट पक्राउ अनुमति लिएको थियो। खोजतलासका क्रममा आठजना मध्येकी सहकारीको कोषाध्यक्ष २७ वर्षीया सुनार प्रहरीको फन्दामा परेकी हुन् । थप अनुसन्धानका लागि जिल्ला प्रहरी बागलुङ पठाएको प्रहरीले जनाएको छ। प्रहरीले सहकारीमा आवद्ध अन्य व्यक्तिहरूको खोजि गरिरहेको थियो। 
    सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर अध्यक्ष नेपाली भने गत बैशाखदेखि नै फरार छन् । उनै नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)मार्फत् ’रेड कर्नर नोटिस’ जारी  गर्न लगाएको  हो ।
    अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरे बमोजिम रेडकर्नर नोटिस जारी भएको हो ।
    बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको जनाएका छन् । 
    उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको छ ।  उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैशाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भइसकेका थिए ।

    सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गर्नु बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।

    मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।
    उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाइएको थियो । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij