काठमाडौँ । राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अर्यालले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij