Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सरकारले राजस्व लक्ष्य अनुसार उठाउन नसकेको  अर्थमन्त्री महतको भनाइ

सरकारले राजस्व लक्ष्य अनुसार उठाउन नसकेको  अर्थमन्त्री महतको भनाइ

  • काठमाडौं ।  अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठाउन नसकेको  बताएको छन् ।  सो  अवसरमा  शुक्रबार आयोजित े कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

     राजस्वको दृष्टिकोणबाट सरकार अझै पनि धेरै दबाबमा रहेको बताउँदै  उनले राजस्व केही वृद्धि भएपनि सरकारले लक्ष्यअनुसार राजस्व  उठाउन नसकेको बताए ।राजस्व संरचनामा परिवर्तनका कारण समेत लक्ष्यअनुसार संकलन हुन नसकेको उनको भनाइ थियो ।

     डिजिटल युगमा संसारै अगाडि बढेको छ। यो डिजिटलाइजेशन सँग–सँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको बताउँदै उनले  सरकारले पनि तौरतरिकालाई बदल्नुपर्ने  आवश्यकता औँल्याए ।

    पछिल्लो समयमा राजस्व कम हुनुमा डिजेल र पेट्रोल गाडीको प्रयोग कम हुनु पनि रहेको बताउँदै मन्त्री महतले यसबाट मात्रै पनि सरकारी ढुकुटीमा राजस्वको करिब ३४÷३५ अर्व रुपैयाँ कम भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij