Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

न्यूरोड क्षेत्रका व्यापारीहरूद्वारा २२ नम्बर वडा कार्यालयमा तालाबन्दी, निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्ने संकेत

न्यूरोड क्षेत्रका व्यापारीहरूद्वारा २२ नम्बर वडा कार्यालयमा तालाबन्दी, निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्ने संकेत

  • काठमाडौं । न्यूरोड क्षेत्रका स्थानीय बासिन्दा र व्यापारीहरूले काठमाडौं महानगरपालिका वडा न २२मा तालाबन्दी गरेका छन् । न्यूरोड क्षेत्रका कालोपत्रमा सवारी साधन पार्किङ गर्न नदिने गरी माघ ९ गतेदेखि काठमाडौ महानगरपालिकाले सो निर्णय कार्यान्वयन गर्न खोजेकोमा त्यसको विरोधमा स्थानीय बासिन्दा र व्यापारीहरू आन्दोलित भएका हुन् ।

     पाको युथ क्लबका पूर्व अध्यक्ष अमृत मानन्धरको नेतृत्वमा स्थानीय बासिन्दा र व्यापारीहरूले संयुक्त संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
    त्यसयता निरन्तरको आन्दोलनबाट काठमाडौं महानगरपालिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्न थालेको देखिएको हो । काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने निर्णय गरेको हो । कामपाले आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा सो पार्किङ क्षेत्र उपलव्ध गराउन लागेको हो ।

    तर आन्दोलनरत व्यापारीहरूले यो सकारात्मक कदम भएपनि मागको इमानदार सम्बोधन नभएको बताएका छन् ।  धरहरासँगैको पार्किङ भवनमा ३सय जति मोटरसाइकल पार्किङ हुन सक्ने क्षेत्र हो । यो भवन खुला गरिएपनि व्यापारीहरूले आजै माघ १४ गते वडा न २२मा तालाबन्दी गरे ।

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी सार्वजनिक गरे अनुसार यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा माघ १४ गतेदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागिएको हो ।

    तर आन्दोलनरत व्यापारीहरूले अन्य पार्किङ क्षेत्र खुला गर्नुका साथै यस क्षेत्रमा रहेका सार्वजनिक जग्गाको पहिचान गरी त्यसक्षेत्रमा पनि सवारी साधनको पार्किङ व्यवस्थापन उचित तरिकाले गर्नुपर्ने बताएका छन् । जबसम्म माग पूरा नभए आन्दोलन जारी रहने उनीहरूले बताएका हुन् ।

    पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । 

    आन्दोलनरत स्थानीयबासिन्दा  र व्यापरीहरूले माघ १४ गतेदेखि १९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । सो अनुसार आइतबार माघ १४ गते वडा न २२को कार्यालयमा तालबान्दी गर्ने काम पूरा गरेको व्यापारीहरूले बताए । तालबन्दी गरेपछि एक बजेसम्म ब्यानरसहितको प्रदर्शनको कार्यक्रम रहेको छ । 
    यसै गरी माघ १५ गते सोमबार बृहत विरोध ¥याली प्रदर्शन कार्यक्रम दिउँसो एक बजेसम्म गरिनेछ ।

    माघ १६ गते मंगलबार बेलुका साढे पाँच बजेदेखि साढे ६ बजेसम्म बत्ती बन्द गर्ने ब्ल्याकआउट कार्यक्रम गरिने भएको छ । माघ १७ गते बुधबार मोटरसाइकल ¥याली निकालिने छ । माघ १८ गते बिहीबार  एक बजेसम्म बन्दको कार्यक्रम तय गरिएको छ । माघ १९ गते शुक्रबारदेखि  अनिश्चितकालीन बन्दको कार्यक्रम तय गरिएको व्यापारीहरूले जनाएका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij