Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

  • काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एन्ड स्पा सञ्चालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यस कार्यका लागि बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज ९एलएस० क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
    सेयर निष्कासन पश्चात रिसोर्टका कोठाहरु थप गरी विदेशी होटलसँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलको रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको छ । हाल यसको जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij