Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • May 09 2025 | २०८२, वैशाख २७गते

    सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी

    सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी

    • नयाँ सडक
    • सोमबार, माघ १५ २०८०
  • 1.5k
    Shares
  • 1.5k
    Shares
  • सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी

    काठमाडौँ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते उक्त कार्यविधि स्वीकृत गरेको हो ।

    कम्पनी दर्ता भएको सात वर्ष भन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ । कुल चुक्ता पुँजी रू दुई लाखदेखि रू १० लाखसम्म भएको, उद्यमको कुल कारोबार वार्षिक रू दुई करोडभन्दा बढी नरहेको र स्थिर पुँजी (घरजग्गाको बाहेक) रू दुई करोड भन्दा बढी नभएको हुनुपर्नेछ ।
     
    कानुनबमोजिम दर्ता नभएको, विदेशबाट वस्तु तथा सेवा आयात गरी बिक्री वितरण गर्ने, कालोसूचीमा परेको र होल्डिङ तथा लगानी कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएको कम्पनीलाई स्टार्टअप उद्यमी कर्जा उपलब्ध गराउन नसकिने कार्यविधिमा जनाइएको छ ।
     
    स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ ।
     
    कार्यविधिअनुसार सरकारी स्वामित्वको वाणिज्य बैंकलाई मात्रै कर्जा प्रवाह गर्ने बैंकको रुपमा तोक्नुपर्नेछ । बैंकले कर्जा प्रवाह गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, साँवा फिर्ता र ब्याज भुक्तानीको अवधि तथा प्रक्रिया तोकेर प्रतिष्ठानसँग सम्झौता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
     
    “कर्जाको अवधि अधिकतम पाँच वर्षमा नबढाइ ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई धितोको रुपमा राख्नुपर्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा भने उद्यमी आफैँले गर्नुपर्नेछ”, कार्यविधिमा उल्लेख गरिएको छ ।
     
    कार्यविधिअनुसार स्टार्टअप उद्यमका लागि विभिन्न १६ वटा क्षेत्र तोकिएका छन् । जसमा कृषि तथा पशुपक्षी, वन पैदावार, पर्यटन प्रवर्द्धन मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, सूचना प्रविधि तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइलगायत क्षेत्र छन् । सहज र सुरक्षित यातायात एवं पारवहन, अटोमोवाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापनसँग जोडिएका क्षेत्रमा पनि स्टार्टअप कर्जा उपलब्ध गराइनेछ ।
     
    खाद्य उत्पादन तथा प्रशोधन, फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा उद्यमशीलता कर्जा पाइनेछ । चालु आर्थिक वर्षको बजेटको व्यवस्था सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ६८ मा सरकारको कुल पुँजीगत बजेटको न्युनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने उल्लेख छ । यसका लागि छुट्टै कोष स्थापना गर्न रू एक अर्ब बराबर बजेट विनियोजन भएको छ ।
     
    प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहन गरिने उल्लेख छ । त्यस्तै, मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिने बजेटमा उल्लेख छ ।
     
    उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रुपान्तरण गर्न काठमाडौँमा इन्क्युवेसन सेन्टर सञ्चालन गरिनेछ । भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिनेछ”, बजेटमा भनिएको छ ।
     
    विदेशी लगानी कम्पनीहरुमार्फत प्रवाह हुने वैदेशिक लगानीलाई प्रोत्साहन गरी नवप्रवर्तन र उद्यमशीलता विकासमा परिचालन गरिने बजेटमा उल्लेख छ । स्टार्टअपलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षको बजेटमार्फत रू एक अर्ब २५ करोड बराबर विनियोजन भएको थियो ।(रासस

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      दक्षिण एसियामा आणविक हतियारधारी छिमेकीद्वय भारत पाकिस्तान बीच विश्वको पहिलो ड्रोन युद्ध सुरु
    • २

      सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
    • ३

      एसियन लाइफ इन्सुरेन्सलाई ४२% हकप्रद सेयर बिक्रीको अनुमति, चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्ने
    • ४

      एनएमबि लघुवित्तको तेस्रो त्रैमासमा २ करोड ७५ लाख रुपैयाँ नाफा, गत वर्षको घाटाबाट सुधार
    • ५

      लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV