Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत मन्त्रिपरिषदको निर्णय

सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत मन्त्रिपरिषदको निर्णय

  • काठमाडौं । मन्त्रिपरिषद बैठकले  सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिनेलगायतका निर्णयहरू गरेको  छ । 

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई  नियुक्त गर्ने नरदेवी आयुर्वेद चिकित्सालय विकास समिति सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंकी डा. साहारा श्रेष्ठलाई मनोनीत गर्ने  र नेपाल वायु सेवा निगमको रिक्त उपाध्यक्ष पदमा विक्रम राईलाई नियुक्त गर्ने गरेको हो ।

    आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो। तर सरकारले हालै सदस्य थप गरी सात पुर्‍याउने निर्णय गरेको थियो।

    यस्तै उद्योग मन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि भएको निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij