Logo

Aug 04 2025 | २०८२, साउन १९गते

Aug 04 2025 | २०८२, साउन १९गते

images
आहा रारा पोखरा गोल्ड कप फुटबल

पाँचौ पटकको फाइनलमा उपाधि पाउने आर्मीको सफलता

पाँचौ पटकको फाइनलमा उपाधि पाउने आर्मीको सफलता

  • काठमाडौं ।   नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँपटकको प्रयासमा आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। 

    प्रतियोगिताको २३औँ संस्करणमा आर्मीले सफलता हात पारेको हो ।यसअघि प्रतियोगिताको फाइनलमा पुगेपनि  आर्मी चार प्रतियोगितामा उपविजेतामा सीमित रहँदै आएको थियो।  २३औँ संस्करणअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले पहिलोपटक उपाधि हात पा¥यो ।

    २३औँ संस्करणसम्म आइपुग्दा दुवै टोलीको यो दोस्रो भिडन्त थियो ।  यसअघि ०७५ सालमा सम्पन्न प्रतियोगिताको फाइनलमा टाइब्रेकरमा ५–४ गोल अन्तरले थ्री स्टार विजयी भएको थियो। उपाधि सँगै आर्मीले पाँच वर्षको अन्तरालपछि हारको बदला लिन पायो ।

    आर्मीले जितमा खेलको पहिलो हाफमा एक र दोस्रो हापमा दुई गोल प्रहार गरेको थियो। खेलको ३८औँ मिनेटमा कप्तान जिलेस्पीजँग कार्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। सिद्धान्त चौधरीले दायाँ साइडबाट हानेको कर्नरलाई मैदानको बायाँ साइडमा रहेका कार्कीले हेड प्रहार गर्दै बललाई जाली चुमाएका थिए। ८३ औँ मिनेटमा फत्तेमान घलेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij