Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सवारी साझा (राइड सेयरिङ) लाई सेवामूलक उद्योगको मान्यता

सवारी साझा (राइड सेयरिङ) लाई सेवामूलक उद्योगको मान्यता

  • काठमाडौं । सरकारले सवारी साझा (राइड सेयरिङ) लाई सेवामूलक उद्योगको मान्यता दिएको छ। सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ मा संसोधन गरी राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो।

    गत माघ १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवालाई औद्योगिक व्यवसाय ऐनको अनुसूचीमा समावेश ग¥यो । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी ऐनको अनुसूची-८ को क्रमसंख्या ६६ थप गरी मान्यता  दिइएको छ ।

    सेवामूलक उद्योगको दर्जा पाएसँगै अब राइड सेयरिङ एपहरू विभागमा दर्ता गर्नुपर्ने हुन्छ। ऐनमा आधारित भई यस्ता कम्पनीहरूले दर्ता गरी सञ्चालन गरेपछि कुनै पनि प्रकारको ऐन विपरीत कार्य भएमा कम्पनीलाई कारवाही समेत हुनेछ।

    कानुनी मान्यता प्रदान गरेसँगै अब राइड सेयरिङ एपहरूलाई नियमन गर्न सहज हुनेछ।  यसको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात विधेयक २०८० विधेयक तयार पारेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij