Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

एनआइसी एसिया बैँकको लोगोसहितको ट्याग प्रयोग भएको करिब दुई करोड बराबरको नक्कली नोट  बरामद

एनआइसी एसिया बैँकको लोगोसहितको ट्याग प्रयोग भएको करिब दुई करोड बराबरको नक्कली नोट  बरामद

  • काठमाडौं ।  एनआइसी एसिया बैँकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको करिब दुई करोड बराबरको नक्कली नोट भेटिएको छ ।  

    ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट सोमबार  बरामद गरेको हो । त्यो एक करोड ८२ लाख ५१ हजार रुपियाँ बराबर  रहेको जानकारी प्रहरीले दिएको छ । 

    बरामद गरिएको  नक्कली नोटको बण्डलमा  एनआइसी बैँकको लोगोसहितको कागजले ¥याप गरेको देखिएको छ । 

    एनआइसी एसिया बैँकको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैँकबाट बाहिर गएको हो कि भन्ने आशंका गरिएको  छ ।   तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको  एनआइसी एसिया बैँक इनरुवा शाखाले जनाएको छ ।

    यति ठूलो परिमाणमा बैंकबाट नक्कली नोटहरु बाहिर जानसक्ने कुनै आधार नै नभएकाले यो बैंकलाई बदनाम गराउने फण्डा मात्र भएको इनरुवा शाखाको भनाइ छ । 

    सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी  बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक ग¥यो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij