Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

अरुण तेस्रो जलविद्युत परियोजनाको दुई तिहाई बढी काम पूरा , बाधा उत्पन्न नभए दुई वर्ष भित्र बाँकी काम सकिने विश्वास  

अरुण तेस्रो जलविद्युत परियोजनाको दुई तिहाई बढी काम पूरा , बाधा उत्पन्न नभए दुई वर्ष भित्र बाँकी काम सकिने विश्वास  

  • काठमाडौं । सङ्खुुवासभामा निर्माण भइरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक निर्मांण कार्य दुई तिहाई बढी पूरा भएको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्यांकन गरी गर्दा प्रगति  प्रगति यस्तो देखिएको हो ।

    यो परियोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खन्ने काम पूरा भइसकेको परियोजनाको प्रवर्धक सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी सार्वजनिक गरेका हुन् ।

    बाँध स्थलबाट विद्युत्गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ । हाल सुरुङभित्र हेडिङ बेन्चिङ र कंक्रिट अर्ध गोलाकारमा ढलाइको काम भइरहेको छ । सोही परियोजनाको चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ । यहाँको सम्पूर्ण संरचना जमिनभित्र नै रहने  अरुण तेस्रो जलविद्युत् परियोजनाका पदाधिकारीहरूको भनाइ छ । 

    यसअघि नै आवश्यक दुई वटा हल  निर्माण भइसकेको र अहिले केही भागमा ढलानको काम भइरहेको र केहीमा उपकरण राख्ने कार्य भइरहेको छ । हलभित्र दुई वटा टर्वाइन जडान गरी विद्युत् उत्पादन गरिने छ । 

    काम निरन्तर चलिरहेमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण पूरा हुने अपेक्षा गरिएको छ । स्थानीयले मुआब्जा नपाएको भन्दै पटक पटक भएको अवरोधले निर्माणमा असर पुगेको छ । चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि सङ्खुवासभामा बढी अवरोध  भएको थियो । 

    पीडीए अनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपियाँ स्थानीयलाई सेयर दिइने छ ।  यो परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुने छ । साथै विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्ने छ । प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij