Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्क पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्क पक्राउ

  • काठमाडौं । प्रहरीले टर्कीको नागरिक भएका एक जना टर्कलाई पक्राउ गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्क पक्राउ परेका हुन् ।

    विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा  पोखरेलले जानकारी सार्वजनिक गरेअनुसार  बिहीबार बिहान साढे ११ बजे यूएईको शारजहाँबाट  आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद भएको छ ।

    बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई शम्पत्ति  शुद्धीकरण  अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij