Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

चितवनबाट काठमाडौंतर्फ हानियो मिटरब्याजीहरूको पैदल न्याय यात्रा 

चितवनबाट काठमाडौंतर्फ हानियो मिटरब्याजीहरूको पैदल न्याय यात्रा 

  • काठमाडौँ । न्यायको माग गर्दै देशभरिबाट चितवनमा जम्मा भएका मिटरव्याजी पीडितहरू संघीय राजधानी काठमाडौँतर्फको पैदल यात्रा सुरु गरेका छन् ।

    शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका मिटरब्याजीहरू बिहीबार पैदल यात्रा गरी चितवन आएर एकीकृत भएका हुन् ।  उनीहरूको पूर्व निर्धारित कार्यक्रम अनुसार चितवनबाट काठमाडौंतर्फको यात्रा सुरु भएको हो ।

    आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर न्याय मार्च संगठित गरेका छन् ।यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरूलाई पूर्ण न्याय नमिलेको उनीहरूले बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij