Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई  अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई  अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट

  • काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न  सक्ने जनाइएको छ ।यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् । 

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)  अर्जुन राज खनिया ले विज्ञप्ति मार्फत जनाएका छन् । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij