Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

  • महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो ।

    उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । त्यसैगरी उपविजेता दोधारा चादँनीको टिम रु ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

    प्रतियोगिताको फाइनल खेलमा १९ दशमलव पाँच ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा चाँदनीसामु प्रस्तुत गरेको थियो । शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए । एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९ दशमलव चार ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो । त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भएका छन् । नौ पालिकामध्ये लालझाँडी र बेलौरी नगरपालिका भने प्रतियोगितामा सहभागी थिएनन् । प्रतियोगिताको समापन समारोहमा क्रिकेटका योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ ।

    समापन समाराहेमा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, सुदूरपश्चिम क्रिकेट सङ्घका निर्वमान अध्यक्ष हरि रेग्मी, कैलाली खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, कञ्चनपुर खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टलगायतको सहभागिता थियो ।शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई
    महेन्द्रनगर (कञ्चनपुर), ६ फागुन स् कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो ।

    उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । त्यसैगरी उपविजेता दोधारा चादँनीको टिम रु ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

    प्रतियोगिताको फाइनल खेलमा १९ दशमलव पाँच ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा चाँदनीसामु प्रस्तुत गरेको थियो । शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए । एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९ दशमलव चार ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो । त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भएका छन् । नौ पालिकामध्ये लालझाँडी र बेलौरी नगरपालिका भने प्रतियोगितामा सहभागी थिएनन् । प्रतियोगिताको समापन समारोहमा क्रिकेटका योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ ।

    समापन समाराहेमा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महरा, सुदूरपश्चिम क्रिकेट सङ्घका निर्वमान अध्यक्ष हरि रेग्मी, कैलाली खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, कञ्चनपुर खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टलगायतको सहभागिता थियो ।रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij